२६. मुद्दा हेर्न अधिकारी ः
(१) ऐन र यस नियमावली बमोजिम सजाय हुने मुद्दाको कारबाही र किनारा गर्ने अधिकार संरक्षकलाई हुनेछ ।
(२) उपनियम (१) को सर्वसामान्यतयामा प्रतिकूल असर नर्पे गरी देहायका मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार सहायक संरक्षक रहेकोमा सहायक संरक्षकलाई हुनेछ ः–
(क) नियम ४ विपरीत अनुमति नलिई निकुञ्जभित्र प्रवेश गरेको,
(ख) दशहजार रुपैयाँसम्म मोल गर्ने वन पैदावार अनियमित ढङ्गबाट हटाएको, काटेवा वा झिकेको,
(ग) घरपालुवा जीवजन्तु वा पंक्षीलाई निकुञ्जभित्र चराएको वा पनी खुवाएको,
(घ) छुट्याइएको क्याम्प वा स्थान बाहेक अन्यत्र रात बसेको, क्याम्प गरेको वा आगो बालेका,
(ङ) नियम ११ विपरीत अनुमति नलिई माछा मारेको,
(च) नियम १३ विपरीत कुनै चिन्हपट, सूचना, विज्ञापन वा पोष्टरहरु राखेको वा टाँसेको,
(छ) नियम १४ विपरीत कुनै बाजा बजाएको,
(ज) नियम १५ विपरीत फोहर मैला गरेको वा फालेको,
(झ) नियम १७ र १८ विपरीत हुने गरी सवारी साधन चलाएको,
(ञ) नियम १९ विपरीत निकुञ्जभित्र प्रवेश गरेको, हिँडडुल गरेको वा सवारी साधन चलाएको,
(ट) नियम २० विपरीत तोकेको बाटो बाहेक अन्य ठाउँबाट पैदल यात्रा गरेको, घर पालुवा जीवजन्तु हिँडाएको वा सवारी साधन चलाएको ।